असार ४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा २४ घण्टामा थप ६७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसगैं नेपालमा कूल संक्रमितको संख्या ७,८४८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेका छन।संक्रमितहरुमा भक्तपुर,डडेलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्याङ्जा लगायतका जिल्लाका रहेको मन्त्रालयले जनाएकको छ।
यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेका छन भने काृरोनाबाट मृतयु हुनेको संख्या २२ पुगेको छ ।