असार ४, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक असार १० गते बस्ने भएको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच बुधबार साँझ भएको भेटमा स्थायी कमिटी बैठकको उक्त मिति तय भएको हो ।
बैठक पार्टीभित्र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०लगायतका मुद्दामा भइरहेको विवादको विषयमा छलफल हुने जनाइएको छ । एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यस अगाडि वैशाख ३१ गते बोलाइएको स्थायी कमिटी बैठक अनिश्चतकालका लागि स्थगित भएको थियो ।
https://khabar24nepal.com/2020/06/18/36458