• २०८३ बैशाख ८ गते मङ्गलवार

नगरप्रमुख शाहीलाई नागरिकका गुनासै गुनासा

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

जेष्ठ ०५, मुगु । छायाँनाथ रारा नगरपालिकाका नगरप्रमुख हरिजंग शाही यतिबेला नगरभित्रका प्रत्येक गाउँ–गाउँमा पुगेर नागरिकका गुनासै गुनासा सुन्दै राहत वितरण कार्यमा जुटेका छन । गत आईतबारबाट नगरपालिका भित्रका ८७ वटा बस्तीमा पुगेर नागरिकको समस्या बुझ्ने र सोही अनुसार राहतका प्याकेज अगाडि बढाउने उदेश्यका साथ प्रत्येक गाउँ–गाउँमा पुगेर नगरप्रमुख शाहीले राहत वितरणसँगै नागरिकका गुनासा सुन्ने गरेका छन् ।

यसअघि पनि आफ्नो नगर क्षेत्रमा कोराना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छाँयानाथ रारा नगरपालिकाले नगरभित्रका २६ हजार घरपरिवारलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको छ । साथै, यो समयमा पनि नगरपालीकाले भोकबाट बचाउन नगरभित्रका ४ हजार ७ सय २१ घरधुरीलाई राहत वितरण गरेको छ ।

नगरपालिकाले प्रत्येक घरदधुरीलाई राहतअन्तरगत ३० केजि चामल, दुई पाकेट नुन, एक पाकेट तेल, खुर्सानी, जिरा, मसाला लगायतका खाद्ययन्न वितरण गरेको छ । पहिलो चरणमा विपन्नको आधारामा १ सय २३ जनालाई राहत वितरण गरिसकिएको छ ।

त्यसका साथै दोस्रो चरणमा दलितलाई मात्र राहत वितरण गर्ने जनाएको भए पनि दलितभन्दा पनि गैर दलित भोकमरीमा हुन सक्ने भन्दै कार्यपालीकाको निर्णयअनुसार नगरपालीकाभित्रका सबै घरधुरीलाई राहत वितरण गर्ने निर्णय बमोजिम वितरण गरिएको नगरपालिकाले जनाएको छ । राहत पाएपछि रोग र भोकमरीको चपेटामा परेका नागरिक खुशी भएका छन् ।

मुगुमा अधिकांशंलाई मात्रै वर्ष दिनसम्म खान पुग्छ । नत्र ३ महिनासम्म मात्रै खान पुग्र्ने गर्दछ । यो बेलाको राहतले नागरिको भोकको प्यास मेटाएता पनि अन्य क्षेत्र बाट पनि घाउमा मलम लगाउनु पर्ने छायाँनाथ रारा नगरपालीका १३ का स्थानीय बाँकीलाल नेपालीले बताए ।

नगरप्रमुख शाही र उपप्रमुख सुन्तला रोकायाले नगरका १ देखि १४ वडाहरुमै पुगेर प्रत्येक वडाका अध्यक्षहरुलाई स्थानिय जनताको घर–घरमा वितरण गर्न खाद्यान्न सामगी्र हस्तान्तरण गरेका छन् । हस्तान्तरण गरिएका खाद्य सामग्रीहरु सबै वडाका अध्यक्षहरुमार्पmत वडाबासीहरुको घर–घरमा पुगेर वितरण गरिएको र यो कार्यमा बस्तीका अगुवाहरु र वडा सदस्यहरुले सहयोग गरेको वडा अध्यक्षहरु बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस