• २०८३ मङ्सिर १ गते सोमवार

विराटनगरका दुईवटा टोल सिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ०५, विराटनगर । विराटनगर महानगरपालिकामा कोरोना संक्रमित भेटिएपछि दुईवटा वडालाई सिल गरिएको छ । विराटनगर महानगरपालिकाको वडा नं ६ र १५ मा हिँडडुलमा प्रतिबन्ध लगाएको मेयर भीम पराजुलीले जानकारी दिए ।

आइतबार विराटनगरमा २ जना र धनकुटामा एक जनालाई कोरोना संक्रमण देखिएको थियो । विराटनगरमा संक्रमण पुष्टि भएका पुरुष महानगरपालिकाका सफाइ कर्मचारी हुन् । महिला पाँच दिनअघि भारतबाट आएकी हुन् ।

सोमबारबाट संक्रमित भेटिएपछि स्थानीय प्रशासनले सम्भावित सं‌क्रमितको खोजी सुरु गरेको छ ।आइतबार धनकुटामा नर्सलाई नै कोरोना संक्रमण पुष्टि भएपछि धनकुटाको बजार क्षेत्र सिल गरिएको छ । अर्को सूचना जारी नभएसम्म अतिआवश्यक बाहेक अन्य सेवा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस