बैशाख ६, बर्दिया । बारबर्दिया नगरपालिका(१ फूलबारी बस्ने १५ बर्षीय मुस्कान थारुलाई ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
४ वर्षीया बालिका जबरजस्ती करणी गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले थारुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।