• २०८३ जेष्ठ ३० गते शनिवार

नेपालगञ्जका प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलको विदाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ५, नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलले मंगलबार बिदाई गरिएको छ । नेपालगञ्जबाट सरुवा भई जिल्ला समन्वय समिति बाँकेको समन्वय अधिकारीको रुपमा जान लाग्नुभएका प्याकुरेललाई मंगलबार आयोजित छैठौं नगरसभामा औपचारिक विदाई गरिएको हो ।

नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतका जनप्रतिनिधी र कर्मचारीहरुले प्रमुख प्रशासकीय अधिकृत प्याकुरेललाई विदाई गर्नुभयो । प्याकुरेलको विदाईमा नेपालगञ्जका प्रमुख डा. राणाले नेपालगञ्जमा रहँदा कार्यालय प्रमुख प्याकुरेलबाट आवश्यक सहयोग प्राप्त भएको बताउनुभयो । ठुला आयोजनादेखि हरेक आयोजना द्रुतगतिमा अघि बढाउन सहयोग प्राप्त भयो, प्रमुख राणाले भन्नुभयो,– नगरमा उत्कृष्ट काम गर्नुभएकोमा हार्दिक बधाई छ ।

प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले विकास निर्माणको काममा नेपालगञ्जमा उत्कृष्ट काम भएको बताउनुभयो । पारदर्शिता र सुशासनमा नेपालगञ्ज अन्य स्थानीय तह भन्दा अगाडी छ , प्रमुख प्रशासकीय अधिकृत प्याकुरेलले भन्नुभयो,– नेपालगञ्जमा जनप्रतिनिधी र कर्मचारबिीच पनि सहजपूर्ण वातावरण छ ।

Sharing

प्रतिक्रिया दिनुहोस