• २०८३ भाद्र ६ गते शनिवार

अहिलेको राजनीति परिवेस र नेताहरु !

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

भविश्यको गोरेटो राजनीति र समाज सेवा नै हो भन्ने ठूलादेखि साना तहका जुनसुकै पार्टीका नेताहरुले पनि सामाजिक सन्जालमा फैलाइएका अफवाहका खबरहरु कोड गरी विभिन्न दलका नेता तथा कार्यकर्ताहरुलाई न्वारानको बल, हनुमानको पल, सरस्वतीको बाणी प्रयोग गर्दै गाली गलौज अनि अनेक अपशब्दहरु प्रयोग गरी आफ्नै चरित्रमाथि धज्जी उडाइरहदा आगामी चुनाबमा सच्चा संचारकर्मी र आम जनतामाझ कसरी भोट मलाई या हाम्रो पार्टीलाई भन्ने होलान ?

डाडुमा आइस पानी राखि पौडी खेल्नु भन्दा के उपाए होला केहि नेतागण हो ? भेडाहरु चौरमा चर्दै जादा भिरमा जसरी एउटा भेडो लड्यो भने अरुले भिर नभनी सद्दे बाटो देख्छन हो त्यसरी नै अहिलेका केहि राजनीतिक दलका नेताहरुले जे जुन अर्थमा बोलेपनि सहि र गलत छुट्याउन नसक्ने कार्यकर्ताहरु जसले सामाजिक सन्जालमा अनेक रङी बिरङीका मनगडन्ते चङाहरु उडाइरहेका छन तर थाह छैन तिनलाई एक वर्षे भेल बाडी बल्ल बल्ल तरिरहदा अर्को वर्ष पनि फेरी तर्नु पर्दछ भन्ने कुरा !

जाडोमा त लाजको पोको गलबन्दी या पच्छ्यौरीले छोपौला तर गर्मीमा के गर्छौ ? डाडुमा आइस पानी राखि पौडी खेल्नु भन्दा के उपाए होला केहि नेतागण हो ? भेडाहरु चौरमा चर्दै जादा भिरमा जसरी एउटा भेडो लड्यो भने अरुले भिर नभनी सद्दे बाटो देख्छन हो त्यसरी नै अहिलेका केहि राजनीतिक दलका नेताहरुले जे जुन अर्थमा बोलेपनि सहि र गलत छुट्याउन नसक्ने कार्यकर्ताहरु जसले सामाजिक सन्जालमा अनेक रङी बिरङीका मनगडन्ते चङाहरु उडाइरहेका छन तर थाह छैन तिनलाई एक वर्षे भेल बाडी बल्ल बल्ल तरिरहदा अर्को वर्ष पनि फेरी तर्नु पर्दछ भन्ने कुरा !

यसो सोच्दा देसलाई भविश्यको सच्चा मार्गचित्रमा डोर्याउने मीठो सपना देख्नु त परै जावस ती बिद्द्वान महोदयहरु पनि भिड र एकहाते नेताको पिछ्लग्गु बनी गुट र उपगुटको जालोमा बाधिएको देख्दा लाग्छ यो सतीले सरापेको देसमा राम्रो काम गर्छु भन्ने जो कोही मानिस या नेताहरुलाई दिल्लीको पाठ सिकाई सिल्ली बनाएकै हुन्छन ! अनि घेर्छन माकुरोको जालोले घेरेजस्तो ।

अन्तमा पासो भित्र पर्न खोजेको बिरालोले अन्तिम अबस्था भएपछि न्वारानको बल निकाली आफ्नस नङ्रा प्रयोग त गर्छ नै ! त्यस्तै छ अहिलेको राजनीतिक परिवेस पनि । धिक्कार छ तिनिहरुलाई !

Sharing

प्रतिक्रिया दिनुहोस