मंसिर २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले आफ्ना योगदान मार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको श्रोत रहेका खड्का प्रति श्रद्धाञ्जली व्यक्त गर्दै विज्ञप्ती जारी गर्नु भएको हो ।
प्रधानमन्त्री ओलीद्धारो विज्ञप्तीमा भनिएको छ “कमरेड बोमबहादुर खड्काको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको छ । उहाँले लुम्बिनी विशेषतः गुल्मी जिल्लाको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुन्याउनुभएको छ।
गुल्मी जिल्लामा उहाँले नटेकेको कुनै बाटो छैन होला, उहाँले नभेटेको कुनै व्यक्ति छैन होला । सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असिमीत समपर्ण उहाँका विशेषता हन् । उहाँ आफना योगदानमार्फत् चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ । कमरेड बोमवहादुर खड़काप्रति हार्दिक श्रद्धाञ्जली, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना ।”
यो पनि पढ्नुहोस
नेकपा नेता बोम खड्काको निधन
सोमबार राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो ।
