• २०८२ चैत्र २७ गते शुक्रवार

नेकपा स्याङ्जा अध्यक्षकी छोरीको अरिङ्गाल टोकाइले निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, कास्की । अरिङ्गालले चिल्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्जा अध्यक्ष सूर्यप्रसाद गैह्रे ‘पारस’ को छोरीको मृत्यु भएको छ । तिहारको दिन पुतलीबजार नगरपालिका वडा १४, लामागेमा अरिङ्गालले चिल्दा घाइते भएकी १३ वर्षीया छोरी अतिथि गैह्रेको पोखरामा उपचारक्रममा साँझ मृत्यु भएको हो ।

तिहारमा भाइटीका लगाउन तल्लो घरमा जानेक्रममा नजिकैको रुखका अरिङ्गालले उनीसहित अर्की बालिकालाई टोकेको थियो । टोकाइबाट घाइते उनीहरुलाई तत्कालै उपचारार्थ पोखरा ल्याइएकोमा उपचारक्रममा अतिथिको सोमबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपनिरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँका अनुसार अर्की बालिकाको अवस्था भने सामान्य छ ।

Sharing

प्रतिक्रिया दिनुहोस