• २०८३ जेष्ठ १९ गते मङ्गलवार

सुन तोलाको ३१ सयले बढ्यो, चाँदी पनि बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २२, काठमाडौँ ।   नेपाली बजारमा आज सुनचाँदी मुल्य आजपनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३१ सयले बढेर तोलाको २ लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ६५ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९५ रुपैयाँले बढेर ४८८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ४६८५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस