मंसिर २, एजेन्सी । बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा थप २१३ जना नयाँ कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ ।
यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ हजार १४७ पुगेको हो । तर कोरोना संक्रमणका कारण मृत्यु भएको गरिएको मृत्यु दर्ता प्रमाणपत्रको आधारमा भने मृतक संख्या ६१ हजार ६४८ पुगेको छ ।
बेलायतमा कोरोना संक्रमितको संख्या पनि १३ लाख ९० हजार ६८१ पुगेको छ । सोमबार सांझा सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा थप २१ हजार ३६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । २४ घन्टामा करिब २ लाख ८३ हजार ८६६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।