• २०८३ जेष्ठ ३ गते आइतवार

कुहेको आलु ! “लघु कथा”

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : ४ मिनेट

बिरु आर्काको देशमा मज्दुरी गर्छ मिनाले घरमा पनि खर्चमा कटौति गरेर बोका पाठा अनि कुखुराहरु पालेर घरको खर्च निकाल्छिन । छोरा छोरीहरुमा पनि राम्रो मेलमिलाप हुन्छ । यसो हेर्दा घर मज्दुरको जस्तो लाग्दैन शुन्दर घर साफ सफाई घरको अगाडी फुलका गमलाहरु सझिएका हुन्छन । छिमेकमा सबैले उनिहरुको प्रशंशा गरेको सुनिन्छ ।

दुई भाई छोरा र दुई बैनी छोरी आफु दुईजना कुल छ जनाको परिवार अत्यान्तै शुन्दर मिलनसार उनिहरुको बिचमा सबैले सबैको सम्मान गर्छन । कमाईमा पनि बर्कत हुन्छ । किन कि सबैको पैसा एकै ठाउँमा आउछ खर्च एउटैको हातबाट हुन्छ ।  एकदिन एकजना मित्र उनको घरमा पाहुना बनेर आउछन , घरको परिपाटी देखेर लोभाउछन । यस्तो राम्रो परिपाटी भएको घर कमै हुन्छन,  उस्ले मन मनै सोच्छन यो घरमा छोरीको विवाह गराएपछि छोरीको भविष्य बन्नेछ । आखिर आफ्नो छोरा छोरीको भविष्यप्रतिको सजग हुदैन । सबैले आफ्नो छोरी राम्रो घरमा जाओस भन्ने नै हुन्छ ।

उन्ले त्यो घरका मुखियालाई आफ्नो घरमा एक साँझ बास बस्न विनम्र अनुरोध गरे।मिनालेपनि समय मिलाएर आउछौ भनेकि थिईन । दिनानाथ उनिहरु सपरिवारलाई निम्ता गर्दै त्यहा बाट बिदा हुन्छन । आर्को हप्ता जाम है मिनाले बिरु सँग सल्हा गर्छे । यति धेरै अनुरोध गरेका छन हामिले पनि त्यो दिन हुन्छ आउछौ भनि हाल्यौ , आउँने रवीबारको हामि उनिहरुको घर आउछम भनेर खबर पठाई दिउला हुन्न , बीरुले भन्छन , खबर पनि पठाई दिन्छन।
सबै परिवारलाई बोलाएका थिए सो सबै परिवार त्यहा रविबारको दिन साँझ आई पुग्छन ।

त्यँहा सबै राम्रो थियो देख्नमा तर घरमा एक आर्का पर्ति अबिस्वास झल्किन्थ्यो।साँझ को खाना खाएपछि एकछिन गफ गर्छन । उनिहरुको बिचमा एकता देखिदैन एउटाले आर्काको बिरोध र आफ्नो प्रश्न्सा गरेकै हुन्छ । मनैमन सोँच्छ टोकरीमा एउटा आलु कुह्यो भने अरुमा पनि सल्कन्छ ।  झन कुहेको आलु राम्रो आलुहरुमा राख्ने होभने पनि त्यो सबै आलु को भबिस्य खतरामा पर्छ। एका तिर दिनानाथले सोँचेकाछन आफ्नि छोरी त्यो घरमा गएपछि छोरीको भबिस्य शुनौलो हुन्छ । आर्को तिर बिरुले मनमनैमा त्यो घरकि केटी आफनो घरमा पुगि भने आरुपनि खराब  हुन  सक्छन  । दिनानाथ ज्यु अब हामि हिडे हुन्छ होला , बिरुले ईजाजत माग्छन । हुदैन आज एतै बस्नुस भोली बिहानै जानुहोला भन्दै दिनानाथले बिरुलाई आग्राह गर्छन । तर घरमा कोहिछैन आजभोलीको जमाना त्यती ठिक पनि छैन अब हामि नबसौँ बरु सबै परिवार हाम्रो घरमा पाल्नु हौश कुनै दिन भनेर बिदा माग्छन । उनिहरुलेपनि अबस्था यस्तै छ भनेपछि कुरा बुझ्छन , ईछ्या हजूरको भन्दै बिदा गर्छन । बिरुको परिवार घर पुग्छन।बिरुले दिनानाथले केहि नभनेपनि कुरा बुझेको थियो । बाबु त्यो दिना नाथ ज्युको छोरी कस्ति छ ? बिरुले भन्छन , बाबा देख्नमा त राम्रैछन किन र बाबुले सोध्छ , तेरो मन लाग्छ भने दिनानाथ सँग कुरा गर्छु मैले  खासै पारीवारीक मिलाप होला जस्तो ता लाग्दैन मलाई बाबु ले भन्छ । तर मनैमन उसको रुप ले बाबुलाई खिची सकेको थियो । आखिर वैंशले रुप मात्रै हेर्छ व्यवहार आचरण त्यो गोण हुन जान्छ।

केटी ता ठिक लागि तर त्यहांको वातावरण अजिव लाग्यो मलाई मिनाले बिरु तिर हेर्दै भन्छे । कस्तो कुरा गर्छौ उनिहरुको एउटा मेम्बरलाई हामिले आफ्नो परिवार जस्तो बनाउँन सक्दैनौ बिरुले भन्छ । यस्को उत्तर बाबु सँग थियो तर उस्ले भन्दैन बाबाको कुरा काट्न उचित लगेन बाबुलाई । अर्को तिर उसको मन भित्रभित्रै लागि सकेको थियो । आपसमा कुराहरु आदान प्रदान हुन्छ । केहि मैनामै उनिहरु पुष्पि र बाबुको विवाहा परम परानुसार सम्पन्न हुन्छ । सबै भन्दा पहिले पुष्पी घरमा आएपछि बाबुको नेत्रमा केहि फरक पर्न थाल्छ । पुष्पिलाई त्यो घरमा त्यहाको परमपरा अनुसार ढाल्न सक्दैनन । एकबर्ष भित्रै पुष्पिले बाबुलाई आफु जस्तै बनाउँन थाल्छे । घरमा झिना मसिना कुरा हरुमा कलेस सुरुहुन थाल्छ । पुष्पितीर अब बाबु थियो उनिहरुले पुरा घरलाई आफु तिर खिच्ने प्रयात्न गर्न थालेपछि बिरुले घरमा न उनिहरु सँग सम्बन्ध  बिक्षेत यानिकी बाबु र पुष्पि बाहेको परिवारको एकता काएम राख्ने प्रयात्न गरे ।

तरपनि अब पहिलेको जस्तो बलियो एकता रहेन छिमेकीहरुलेपनि अब हुनिहरुको मसिनो झग्डालाई ठुलो झग्डा बनाउन थाले । घर घर जस्तो रहेन तरपनि बिरुको समज्दारीले घर टुक्रिन बाट भने बचेको छ । त्यो   बलियो एकता लाई यसरी कम्जोर बनाउन पुष्पि कामियाब भएकिछे।हुँन ता घर पुष्पिको पनि ता त्यहि हो तर उस्लाई परिवारको एकता भन्दा आफ्नो स्वार्थ प्यारो बन्यो । वास्तबमा मिना र बिरुले त्यो एकता को लागि पुरा जीवन लगाएका थिए तर एउटा गलत पाईलो चाल्दा आज घर बिख्रिएको जस्तो थियो।

(यो कथा काल्पनिक हो यसका पात्रका नाम पनि काल्पनिक हुन । कसैको नाम र निजि भबिस्य सग मेलखायो भने मात्र सञ्जोग हुनेछ।)

Sharing

प्रतिक्रिया दिनुहोस