असोज १,काठमाडौँ । उपत्यकामा आज हुने कार्यक्रमहरू ।
१.कोरोना अातंक विरुद्ध अभियानले पशुपतिनाथ मन्दिरको मुल ढोका खोलि दैनिक भक्तजनहरूले पुजापाठ गर्नुको साथै नागरिकको दैनिकी सहजपुर्वक संचालन गर्न पाउनुपर्ने माग राखि विरोध सभा गर्ने ।
स्थान :- पशुपतिनाथ मन्दिरको मुल ढोका ।
समय :- ८:०० बजे ।
२.नागरिक समाजले कुलमान घिसिङको पुनः नियुक्तिको लागि जनदवाब कार्यक्रम गर्ने ।
स्थान :- माइतीघर मण्डला ।
समय :- ११:०० बजे ।
३.राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १२:०० बजे ।
४.कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बस्ने ।
स्थान :- संघीय संसद सचिवालय,सिंहदरबार ।
समय :- १३:३० बजे ।
५.हाम्रो नेपाल हामी नेपाली अभियानले कुलमान घिसिङ्ग को पून नियुक्तिको लागि जन दबाब स्वरूप मिति २०७७/०५/२९ गते देखि हरेक दिन ५ मिनेट बत्ति निभाएर एकेबद्धता जनाउने ।
स्थन :- देशभर ।
समय :- २०:०० बजे देखि २०:०५ बजे सम्म ।
६.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।