भाद्र १, बाँके । बाँकेको कोहलपुर नगरपालिका २ स्थित पानी ट्याङकी नजिक प्रहरीले ३१५ पोका अबैध सुर्तीजन्य पर्दाथ फेला पारेको छ । प्रहरीले बेवारिसे अवस्थामा रहेको ३१५ पोका सुपर पावर सुर्ती बरामद गरेको हो ।

बेवावरिसे अवस्थामा रहेको उक्त अबैध सुपर पावर सुर्ती जिल्ला प्रहरी कार्यालय बाँकेको टोली शनिबार राती ९ बजे बरामद गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चंन्दले जानकारी दिए । बरामद उक्त सुर्ती आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको छ ।