भाद्र १, काठमाडौं । उपत्यकामा आज हुने कार्यक्रमहरु निम्न रहेका छन ।
१.नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने ।
स्थान :- प्रधानमन्त्री निवास बालुवाटार ।
समय :- ९:३० बजे ।
२.नेपाल विद्यार्थी संघले काठमाडौ र बिरगंजमा पक्राउ परेको विद्यार्थी नेताहरूलाई तुरुन्त रिहाइको माग राखि देशभरका क्याम्पसहरूमा तालाबन्दी गर्ने ।
स्थान :- देशभरका क्याम्पसहरू ।
समय :- नखुलेको ।
३.स्वतन्त्र विद्यार्थी युनियनले सानोठिमी क्याम्पसको प्रशासन शाखा र आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको ।
स्थान :- सानोठिमी क्याम्पस ।
समय :- २०७७/०४/७ गते देखि जारी ।
४.अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) उपत्यका समन्वय समितिले भारतले नेपालको भुमी कालापानी , लिपुलेक र लिम्पियाधुरा क्षेत्र माथिको हस्तक्षेप विरुद्ध बैशाख ३१ गते देखि भारतिय नम्बर प्लेटका गाडिहरु सन्चालनमा प्रतिबन्ध लगाउने ।
स्थान :- देशभर ।
समय :- नखुलेको ।