भाद्र १, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी डिजेल, पेट्रोल र मटीतेलमा प्रतिलिटर एक रुपैयाँ मूल्य वृद्धि गरिएको हो ।
अगस्ट १६ मा भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीमा बढेको मूल्य प्राप्त भएपछि इन्धनको मूल्य बढाउन निगम बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाए । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत नै रहेको छ ।