श्रावण २, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक आइतबारलाई सरेको छ । शुक्रवार आज बिहान ११ बजे बस्ने भनिएको बैठक पुनः ३ बजेलाई सारिएको थियो ।
असार १८ गतेदेखि लगातार स्थगित भएको नेकपा स्थायी कमिटी बैठक आजलाई बोलाइएको थियो । आज पनि बिहान ११ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा आएर दिउँसो ३ बजेलाई सारिएको थियो । बैठक बस्न केही समय बाँकी रहँदा पुनः बैठक सरेको हो । नेकपाभित्रको आन्तरिक विवादका कारण पटकपटक बैठक सारिँदै आएको छ । पटक–पटक गरेर दुई साता स्थायी कमिटी बैठक स्थगित भइसकेको छ ।