श्रावण २, काठमाडौं । काठमाडौंको तारकेश्वर ५, गोलढुङ्गामा चोर भनेर टोलवासीले पिट्दा एकजनाको मृत्यु भएको छ । चोर भन्दै टोलका व्यक्तिहरुको कुटाइबाट रसुवा घर भइ हाल कपुरधारा बस्दै आएका छिरिङ तामाङ मृत्यु भएको हो ।
महानगरिय प्रहरी वृत बालाजुका डिएसपी रन्जित सिहं राठौरका अनुसार गएराति १ बजेको समयमा रक्सी खाएर हिडेका उनिहरु ककुरले टोक्न खोज्यो भनेर घरबेटीलाई गाली गरेपछि चोर भन्दै टोलका व्यक्तिहरुले उनिहरुलाई आक्रमण गरेका थिए । स्थानियको कुटाईबाट घाइते भएका छिरीङको अस्पताल लैजादैं गर्दा मृत्यु भएको हो । कुटपिटबाट रसुवाकै दोर्जे तामाङ घाइते भएका छन् ।