मज्दुरहरु पनि ता बेरोजगार भए,
गास र बास नहुँदा धेरै बेकार भए।
परदेशमै हेर हाम्रो शन्तान अहिले,
सबै भन्दा अपहेलित लाचार भए।
सरकार आफ्नै देशभित्र काम देउ,
अर्को देशमा अब मज्दुर भार भए।
नगर असमान सन्धि सम्झौता हरु,
हाम्रा युवाहरु अर्कैका औजार भए।
कहिले आउला दिमाख नेताहरुको,
यहि सोचेर नै जनता दिकदार भए।
भोक शोक बेरोजगार सदियौँ भयौँ,
अहिले धेरै कोरोना का बिमार भए।