• २०८३ जेष्ठ १० गते आइतवार

रिफर गरिएको बिरामीमा मृत्युपछि कोरोना पुष्टि, लम्की अस्पतालले अनिश्चितकालका लागि बन्द

राम बिश्बकर्मा पढ्न लाग्ने समय : १ मिनेट

असार ३, कैलाली । कैलालीको लम्किचुहा नगरपालिकामा रहेको लम्की चुहा अस्पतालबाट रिफर गरिएको बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसंगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको छ। अस्पतालले आज सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जानकारी दिएको हो।

नेपालगंज मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको थियो। टाउकोमा चोट लागेकी उनलाई नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलवार मृत्यु भएको थियो। मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस