• २०८३ बैशाख ११ गते शुक्रवार

दाङमा ५ किलो लागूऔषध सहित लालमटियाबाट एकजना पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

असार ३, दाङ । भालुवाङ्ग अवैध लागूऔषध बोकेर हिड्दै गरेको अबस्थामा लालमटियाको शान्तिनगर भन्ने ठाउँबाट एक युवा पक्राउ परेका छन दाङ्गको देउखुरी राप्ती गाउँ पालिका वडा नम्बर १, भालुवाङ्ग निवासी राज पुनलाई विशेष गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भालुवाङको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चंन्दले बताए ।

विशेष सूचनाको आधारमा मङ्गलवारको राति करिब १० ३० बजेतिर राप्ती गाउँ पालिका वडा नम्बर २, लालमटियाको शान्ति नगरबाट पुनलाई समातिएको हो । त्यसरी समातिएका पुनको साथबाट झोलामा बोकेर हिडिरहेका क्रममा खोलेर हेर्दा अवैध मानिने लागूऔसध अफिमको लेदोजस्तो बस्तु ५ वटा अलगअलग प्लास्टिकका थैलोमा प्याकिङ्ग गरिएका जम्मा ५ किलो तौल बराबरको उक्त अवैध लागूऔषध बरामद गरिएको थियो ।

सो शड्ढास्पद मानिने लागूऔषध अनुसन्धानका लागि सुरक्षित राख्नुका साथै निज पुनलाई अनुसन्धान गरि उचित कारवाहीका लागि इलाका प्रहरी कार्यालय भालुवाङ्गमा राखिएको दाङ प्रहरी प्रमुख एसपी चंन्दले जानकारी दिनुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस