असार ३, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको गुठी परसौनी सिमा क्षेत्रमा सुरक्षालाई चुस्त दुस्त बनाउने मेरो काधमा जिम्मेवारी आएको हाल सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीमा रूपन्देही जिल्लाबाट सरूवा भई आउनु भएको नव आगन्तु सशस्त्र प्रहरी निरिक्षक संतोष खरेल बताउनु भएको छ ।

असार १ गते रूपन्देहीबाट सशस्त्र प्रहरी बोडर आउट पोष्ट गुठी परसौनीको ईन्चार्जको रूपमा आउनु भएको खरेललाई बुधबार सशस्त्र प्रहरी गुठी परसौनीले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । सिमा संग जोडिएको यो नाका बाट हुने लागू पदार्थ दु्र्यब्यसनि, चेलिबेटी बेचबिखन ,समान तस्करी लगाएत समेस्याहरूलाई समाधान गर्न आफू दिन रात खटि समाधान गरिने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

परिच्यातमक कार्यक्रममा स्थानिय सकाजसेवी ,पत्रकार लगायतले आम जनताको सुरक्षामा सशस्त्र प्रहरीले अहम् भुमिका खेल्नु पर्नेमा सशस्त्र प्रहरीलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा प्रतापपुर गाउँपालिका वडा न ।५ का वडाध्यक्ष त्रिभुन सिंह , वडा न ७ का वडाध्यक्ष हरेन्द्र यादव , वडा न ।३ का वडाध्यक्ष दिवाकर चौधरी , गुठी परसौनी प्रहरी चौकीका इन्चार्ज घनश्याम रिमाल, समाजसेवी दिवेन्द्र मिश्रा ,कन्हैया हरिजन ,रामप्रित यादव , पत्रकार लगाएत संघसंस्थाका ब्यक्तित्वहरूको सहभागीता रहेको थियो ।