• २०८३ भाद्र ५ गते शुक्रवार

बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका युवकमा देखियो कोरोना संक्रमण, कोरोनाबाट मृत्यु हुनेको संख्या २ पुग्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ४, काठमाडौं । कोरोनाबाट अर्का एक जनाको पनि मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा कोरोनाभाइरस संक्रमणबाट बाँकेका २५ वर्षीय क्वारेन्टाइनमा बसेका युवकको मृत्यु भएको जानकारी दिएका हुन ।

देवकोटाका अनुसार बाँकेको नरैनापुर–५ का उनी वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बस्दै आएका उनको गएराति स्वास्थ्यमा समस्या देखिएकोमा आज बिहान ६ बजेर ४० मिनेटमा क्वारेन्टाइनमै मृत्यु भएको हो । योसँगै देशमा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको पुष्टि भएको छ ।

यो पनि…..
कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार पशुपति आर्यघाटमा 

 

Sharing

प्रतिक्रिया दिनुहोस