जेठ ४, कैलाली । कैलाली प्रहरीले लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–६ बिजुलीयाका सुरज चौधरी र ११ बेलाका अर्जुन चौधरीलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट पाँच पोका ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सुरजकै घरमा लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा घरमा खानतलासी गर्दा बाकसमा लुकाएर राखेको अवस्थामा ब्राउन सुगर भेट्टिाएको हो ।