चैत ४, काठमाडौं । समुदाय प्रहरी साझेदारी कार्यकर्म अन्तर्गत महानगरी प्रहरी बृत बालाजुले कार्यालय प्रवेश अगाडी हात धोऊ अभियान सुरु गरेको छ । महानगरी प्रहरी बृत बालाजुले आफ्नो कार्यालय प्रवेश गर्नेहरुलाई अनिवार्य हात धुनका लागि कार्यालय अगाडी साबुन, पानीको व्यवस्था गरेको छ ।

कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

यस भाइरसको सङ्क्रमणबाट सन् २०२० जनवरी ५ मा चीनमा पहिलो व्यक्तिको मृत्यु भएको थियो। अहिले यो भाइरस चीनबाट विभिन्न देशहरूमा फैलिरहेको छ। CORONA VIRUS बाट कसरी बच्ने ? यसका लक्ष्यण र बच्ने तरिकाहरु यहा क्लिक गर्नुहोस ।
