• २०८३ असार ४ गते बिहिवार

हङकङको नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु १० जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, काठमाडौं । हङकङमा एक नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ । आगलागीको घटनामा अन्य १० जना घाइते भएका छन् ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार हङकङ याउमाइतेइको क्यान्टोन रोडस्थित नेपाली रेस्टुरेन्टमा आगलागी हुँदा १७ जना घाइते भएका थिए । घाइतेमध्ये १३ जनालाई उद्धार गरिएकोमा १ बच्चासहित ४ पुरुष र ३ जना महिलाको मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । घाइते १० जनामध्ये ७ जनाको अवस्था पनि गम्भीर रहेको जनाइएको छ । हङकङको समयानुसार आइतबार राति करिब ८ बजेतिर आगलागी भएको थियो ।

जन्मदिन मनाउन बालिएको क्यान्डिलबाट आगो सल्किएको हुनसक्ने स्थानीय प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । यद्यपि त्यसको पुष्टि भने हुन सकेको छैन । घाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मर्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टरमा लगिएको छ । हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमाइतेइमा आइतबार राति भएको आगलागीको त्रासदीबाट आफू दुखी भएको बताएकी छन् । प्रमुख कार्यकारी लामले आगलागीको घटनामा परेर घाइते भएकाको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जानकारी दिएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस