• २०८३ जेष्ठ ८ गते शुक्रवार

प्रधानमन्त्री ओलीद्वारा बहिनीको हातबाट भाइटीका ग्रहण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनी कैशल्या कोइरालाको हातबाट तिहारको भाइटीका लगाउनु भएको छ । प्रधानमन्त्री ओली बहिनी कोइरालाले सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि टीका लगाइदिनु भएको थियो ।

कोरोना महामारीका कारण अरू बहिनीहरू झापामै रहनुभएकाले एक मात्रै बहिनीले भाइटीकाको अवसरमा प्रधानमन्त्रीलाई टीका लगाइदिनु भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सोही अवसरमा प्रधानमन्त्रीले बहिनी कौशल्यालाई पनि टीका लगाइदिनु भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस