असोज २९, नुवाकोट । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत नुवाकोटको क्षेत्र नम्बर २ प्रदेश सभा ख मार्फत प्राप्त हुने बजेट मार्फत कार्यान्वयन गरिने योजनाहरु सार्वननिक भएको छ ।

प्रदेश सभा सदस्य हिरानाथ खतिवडाको संयोजकत्वमा बसेको बठैकले जिल्लाको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तार्केश्वर गाउँपालिकालाई समेटेर विभिन्न २० वटा योजना र बजेट सार्वजनिक गरेको हो । प्रदेश पूर्वाधार विकास साझेदार कार्यक्रम अन्तर्गत प्राप्त हुने ३ करोड रुपैयाँ बजेटमा प्रशासनिक खर्च बाहेक ७ वटा योजनालाई २०-२० लाख रुपैयाँ, ५ वटा योजनालाई १५-१५ लाख रुपैयाँ, १२ लाख ३० हजार रुपैयाँको १ वटा योजना र ७ वटा योजनालाई १०-१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
जिल्लाको क्षेत्र नम्बर २ प्रदेश सभा २ अन्तर्गत विदुर नगरपालिकाका केहि वडा, किस्पाङ गाउँपालिका, म्यागङ गाउँपालिका र तारकेश्वर गाउँपालिका पर्दछ ।

