• २०८२ साउन ४ गते शनिवार

नेपालमा प्रहरी र सशस्‍त्रका ८४७ जनामा कोरोना पुष्टि

सुरेश कुमार पान्डे पढ्न लाग्ने समय : १ मिनेट

श्रावण ३२,काठमाडौँ । नेपालमा प्रहरी र सशस्त्र प्रहरी बलका ८४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपाल प्रहरीका ६२० र सशस्त्र प्रहरीका २२७ जना गरी ८४७ जनामा कोरोना संक्रमण पाइएको हो । प्रहरीका २४० जना डिस्चार्ज भएका छन् भने सशस्त्रका १२७ जना डिस्चार्ज भएका छन् । प्रहरीमा हाल ३८० जना सक्रिय संक्रमित छन् ।

जसमध्ये प्रहरी प्रधान कार्यालयकै १५५, काठमाडौं उपत्यकाका ३०, प्रदेश १ का २३, प्रदेश २ का ४६, वाग्मती प्रदेशका ४०, गण्डकी प्रदेशका २२, प्रदेश ५ का ५२,कर्णाली प्रदेशका ७ र सुदूरपश्चिम प्रदेशका ५ जना सक्रिय संक्रमित छन् ।

यस्तै सशस्त्र प्रहरीतर्फ ९३ जना सक्रिय संक्रमित छन् । जसमध्ये प्रदेश १ का ३८, प्रदेश २ का ३७ , वाग्मती प्रदेशका १६ र प्रदेश ५ का २ जना संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस