कसै कसैले धेरै बाटो बिराए पछि,
ता झसिङ्ग भयौँ खुब पिराए पछि।
सरकारले जानेनन राज्य चलाउन,
खामियाज जनता मा तिराए पछि।
लोटेर उठ्नु एउटा कलापनि होला,
उठ्नै सक्दैन यसरी नै गिराए पछि।
सरकार देशमा कोरोना फैलियोधेरै,
सल्केकालाई देशभित्र छिराए पछि।
जनताले कहिलै बिर्सिने छैनन घाउ,
देशलाई टुक्रा(टुक्रा मा चिराए पछि।