मान्छेलाई बाँच्न धेरै गारो भाछ,
जिवन गुजार्न अती सारो भाछ।
यो पुँजीवादी प्रदिशप्रधा भित्रमै,
परिश्रम गर्नेहरु नै बिचारो भाछ।
मज्दुरले दिन रात एक गरेपछि,
संसारनै झक मक उघारो भाछ।
कस्ले बुझ्छ यो रोबटकै दुनिया,
सबैलाई धनी बन्ने हतारो भाछ।
दुनियाका अल्छीहरुकै निशाना,
मज्दुर हरु बाँच्न अप्ठारो भाछ।
संसार लाई सिङ्गार्दा मरेर गए जो,
उनैको जीवनमा अंध्यारो भाछ।
मान्छेलाई बाँच्न धेरै गारो भाछ,
जिवन गुजार्न अती सारो भाछ।