जेठ ३, सुनसरी । सुनसरीबाट भक्तपुर पुगेकी कोरोना सङ्क्रमित नर्स को घरसहित छिमेकीको रिपोर्ट नेगेटिभ आएको छ । रामधुनी नगरपालिका ४ लालपुरस्थित सङ्क्रमित युवतीको घर र आसपास रहेका ८ वटा परिवारका २० जनाको स्वाव संकलन गरि कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको हो ।
सङ्क्रमित युवतीको परिवार सहित ८ घर परिवारलाई निगरानीमा राखि त्यस क्षेत्रमा हिँडडुल गर्न रोक लगाइएको छ । २० जनाको स्वाब सङ्कलन गरी परिक्षणको लागि अस्पताल पठाईएको थियो ।