• २०८३ असोज १८ गते आइतवार

आजको मौसम : पूर्वी, मध्य र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना 

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । आज दिउँसो देशको पूर्वी भू-भाग तथा मध्य पहाडी भू-भागमा सामान्य बदली र पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एक(दुई स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। यस्तै राती देशको पूर्वी भू-भाग सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य तथा पश्चिमी पहाडी भू-भागका एकरदुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव तथा स्थानीय वायुको प्रभाव रहेको देखिन्छ। जसका प्रभावले देशको पहाडी भु-भागमा सामान्य बदली रहेको र बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहेको देखिन्छ ।

महाशाखाले देशका पूर्वी भू-भागका थोरै स्थानहरु र मध्य र पश्चिमी पहाडी भु-भागका एक दुइ स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन अनुरोध गरेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस