• २०८३ असोज २७ गते मङ्गलवार

कोहीपनि भोकै बस्नु पर्दैन, कोही भ्रमको पछि नलाग्नुहोस : वडा अध्यक्ष बुढाथोकी (हेर्नुहोस भिडियो)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख ४, काठमाडौं । तारकेवर नगरपालिका वडा नं. ११ को वडा अध्यक्ष बिन्दा बुढाथोकीले आफ्नो वडामा रहेका दैनिक ज्यालादारी मजदुर, सुत्केरी, एकल महिला, असहायहरु कोही पनि भोकै बस्नु नपर्ने बताउनु भएको छ । खबर 24 नेपाल डटकमसँगको कुराकानीमा उहाले यस्तो बताउनु भएको हो ।

उहाँले वडामा ५८३ भन्दा माथि राहत वितरण गरिसकिएकामा कहिकतै फेरी आवस्यक परेमा पनि पहल गर्ने बताउनु भयो । आफु जनप्रतिनिधी भएका कारण अभिभावकत्व आफ्नो टाउकोमा रहेपनि सबैको साथ र सहयोगमा आफु अगाडी बढ्नुपर्ने बताउनु भयो । कुनै मिडीयाले आएर केहीमान्छे जम्मा गरेर राहत नपाएको देखाए पनि ति मानिसलाई राहत वितरण गरिसकिएको उहाँले बताउनुभयो । उहाँले ति मानिस जम्मा गर्दा सामाजिक दुरीको ख्याल समेत नगरी आफ्नो वडाका मानिसहरुको स्वास्थ्यमा खेलवाड गरेको आरोप लगाउनु भयो । (हेर्नुहोस भिडियो)

Sharing

प्रतिक्रिया दिनुहोस