चैत ३, म्याग्दी । राम्चे आधारभूत विद्यालय मराङ, म्याग्दीका शिक्षक छोटेलाल ठाकुर माथि शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी मुद्दामा आज आरोपपत्र दर्ता गरिएको छ ।
शिक्षक ठाकुरले मध्यमा परीक्षाको नक्कली शैक्षिक प्रमाण-पत्र पेश गरी कार्य गरिरहेको भन्ने उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनले भारत स्थित श्री मोतिउर्रहमान संस्कृत प्राथमिक सह-माध्यमिक विद्यालयबाट मध्यमा तह पास गरेको नक्कली प्रमाण-पत्र पेश गरी अस्थायी प्रा।वि। शिक्षक पदमा नियुक्ति भएका थिए ।
राष्ट्रसेवकको ओहदामा रही सरकारी लाभ तथा सुविधासमेत आर्जन गरेकाले निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको पुष्टि हुन आएकोले उनलाइृ कानुन बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।
