चैत्र ०३, काठमाडौं । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने राती देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकि भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायूको सामान्य प्रभाव रहेको छ। यस्तै देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ।