मंसिर ३०, काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थितिमा काठमाडौं महानगरपालिका र त्रिभुवन विश्वविधालय शिक्षण अस्पताल महाराजगन्ज बिच सिटी स्क्यान मेसिन खरिद तथा सञ्चालन गर्ने सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

कार्यक्रममा कामपा प्रमुख बिद्यासुन्दर शाक्य र त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा. दिनेश काफ्ले बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थान ९आइओएम० का डीन प्रा.डा. दिब्या सिंह शाह, कामपाका प्रमुख प्रशासकीय अधिकृत सहसचीव राजेश्वर ज्ञवालीलगायतको उपस्थिति थियो ।