असोज ७, काठमाडौं । गृष्मा ब्रोडकास्टिङले नेपाल आइडलको सिजन तीनका उत्कृष्ट तीनलाई वर्ल्ड टुर गराउने अधिकार लिएको छ ।

राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गृष्मा ब्रोडकास्टिङको तर्फबाट गृहेन्द्र घिमिरे र एपीवान एचडीको तर्फबाट जीएम लक्ष्मीप्रसाद पौडेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यो हस्ताक्षर भएसँगै उत्कृट तीनको ग्राण्ड फिनाले समेत गृष्मा ब्रोडकास्टिङले गर्नेछ ।
गृष्मा ब्रोडकास्टिङका गृहेन्द्रले नेपाल आइडलको उत्कृष्ट तीनको वर्ल्ड टुरसँगै एक वर्षसम्मको सम्पूर्ण दायित्व आफ्नो रहने बताए ।
गृष्मा ब्रोडकास्टिङले नेपालमा विभिन्न इभेन्ट गर्दै विदेशमा समेत इभेन्ट गर्दै आएको छ । पछिल्लो समय जापानमा ‘साकुरा नाइट’ गर्दै आएको यस कम्पनिले नेपालमा ‘सप्तरंग’को सफलतापछि यसको दोस्रो सिजनलाई समेत आउँदो नोभेम्बरमा गर्ने भएको छ ।
नेपाल आइडल सिजन दुईका विजयी टोलीलाई मुनलाइट्स रेकर्डस्सँगको सहकार्यमा अमेरिकामा टुरसमेत गर्दैछ ।