• २०८३ जेष्ठ ३ गते आइतवार

मुगुमा पनि घन्कियो काग्रेसको आवाज, भ्रष्टचारमा जनाउ घण्टी बज्यो काग्रेसको अडान

खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

मंसिर २९ मुगु । हिमाली जिल्ला मुगुमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले मुगुमा पनि सरकार विरुद्ध विरोध प्रर्दशन गरेको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति मुगुको आयोजनामा काँग्रेस कार्यकर्ताले सदरमुकाम गमगढी बजारमा विरोध प्रर्दशन गरेका हुन् । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त मुगुमा पनि प्रर्दशन गरिएको नेपाली काँग्रेस मुगुका सभापति खड्ग बहादुर शाहीले बताए ।
काँग्रेसका नेता तथा कार्यकर्ताहरुले मुगु सदरमुकामस्थित पार्टी कार्यालय विपि मार्ग बाट जम्मा भएर विरोध ¥याली गरेका छन् । ¥यालीमा उल्लेख्य संख्यामा कांग्रेस नेता तथा कार्यकर्ताको सहभागीता थियो । सहभागितामा काग्रेसका नेताहरुले वर्तमान सरकारको काम प्रति असन्तुष्ट जनाउदै विभिन्न किसिमका नारा घन्काएका छन् ।
विरोध प्रर्दशनमा बोल्दै नेपाली काग्रेसका महासमिति सदस्य तिलक बहादुर मल्लले वर्तमान सरकारको सर्वसत्तावादी प्रवृति, दमन, भ्रष्टाचार, कोरोना नियन्त्रणमा असफलता, राज्य आतंक, चर्को मुल्यबृद्धि, महिला हिंसा, कुशासन, अभिनायकवादी शैलीविरुद्ध विरोध प्रर्दशन गरेको आफ्नो तर्क राख्नु भएको छ । सरकारले गरेको दमन , अत्याचार , हिंसा जस्ता अपराध लाई पाखा लगाउन अब काग्रेसले जनाउ घण्टी बजेको संकेत दिए ।
त्यस्तै नेपाली काग्रेसका महिला नेतृी सुर्य देवि मल्लले बझाङकि सम्झना विक , निर्मला हत्या काण्ड जस्ता जघन्य अपराधमा सरकारले पाखा लाउन नसकेर मुख दर्शक भएर बसेको जानकारी दिनु भयो । यसरी मुख दर्शक हुदा उनीहरु मात्र होईनन् । अन्य नेपाली चेलीहरुको पनि उस्तै कथा हुने बताउनु भयो ।
नेकपा माओवादीले विगतका वर्षहरुमा जनता लाई विभिन्न प्रकारका आशा भरोसा देखाएर हत्या गरि रगतको होली खेलेको उनले सम्झनु भएको छ । यसरी जनता लाई दुःख

Sharing

प्रतिक्रिया दिनुहोस