कार्तिक ३०, बारा । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं १ जब्दी टोलबाट प्रहरीले १ लाख नगदसहित १२ जना जुवाडेहरु पक्राउ गरेको छ । जब्दी टोलमा रहेको एक कुखुरा खोरमा जुवा खेलिरहेका १२ जना लाई पक्राउ गरिएको बारा का प्रहरी प्रबक्ता एवंम डिएसपी गौतम मिश्रले जानकारी दिएका छन् ।
करैयामाई गाउँपालिका वडा नं १ मा राकेश प्रसाद साहको कुखुरा पालन गर्ने खोरमा जुवा कौडा खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हबीबाट प्रहरी निरीक्षक शेखर कुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खेलिरहेको अवस्थामा १२ जना लाई जुवा खालबाट नगद एक लाख सत्र हजार र १६ थान कौडा सहित पक्राउ गरीएको प्रबक्ता डिएसपी गौतमले बताए । उनिहरु लाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।