• २०८३ जेष्ठ ३ गते आइतवार

झापाको दमकमा तिहारको रौनक बढ्दै किनमेलको चहलपहल

विवेक गाहा पढ्न लाग्ने समय : २ मिनेट

कार्तिक ३०, झापा । झापा लगायत देशभरि नै तिहारको चहलपहल बढिरहेको छ । हिन्दुहरूको महान चाड तिहारको पाँचौं दिनको आ-आफ्नो महत्व छ ।

काग तिहार बाट सुरु भई कुकुर तिहार लक्ष्मी पूजा गोवर्धन पूजा र अन्त्यमा भाइटीका हुँदै पाँचौ दिन हर्ष र श्राद्धका साथ तिहार पर्व मनाइन्छ तर यो वर्ष भने यस्तो रहेपनि रमाइलो नाचगान देउसी भैलो भने खेल्न पूर्णरूपमा रोक लगाइएको छ । देशभरि नै देउसी भैलो रोक लगाइरहँदा प्रदेश नं १ मा पनि पूर्णरूपमा देउसी भैलो खेल्न र भीड भाड गर्न निशेषज्ञ गरिएको छ । कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा सरकारले कोरोना भाइरस रोकथामको प्रयास गरेपनि सफल हुनसकेको छैन ।

प्रदेश नं १मा पनि पूर्णरूपमा देउसी भैलो खेल्न रोक र भीड भाड गर्न रोक लगाइरहँदा भने दमकमा लक्ष्मी पूजाको दिन किन मेल गर्ने को भीड भाड बढी देखिएको छ । भीड भाड देख्दा यस्तो लाख्छ कहीं नाचगान मेला भइरहेको छ । यस्तो भीड भाड गर्दा कोरोना भाइरसको संक्रमण नबढ्ला भन्न सकिँदैन आजको भीडभाडले । तर स्थानिय सरकार भने कान मा तेल हालेर बसेको जस्तो देखिएको छ ।

दमक नगरपालिकाले पटक पटक निशेष गरे पनि पूर्णरूपमा निशेषज्ञा नभएको र पछिल्लो समयमा आएर सेमी लकडाउन गरे पनि पूर्णरूपमा सेमी लकडाउनको पालना नभएको स्थानियको भनाइ रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस