भदौ ३०, वीरगञ्ज । बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रवक्ता एवम् बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश कुमार चौरसियाका अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको उपचारको क्रममा सोमबार साँझ ७:१५ बजे नारायणी अस्पतालमा मृत्यु भएको हो ।

उनलाई सोमबार बिहान ११ः१५ बजे नारायणी अस्पतालमा भर्ना गरिएको थियो । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड निमोनिया देखिएको थियो । तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो ।