साउन ३१,कैलाली । कैलालीबाट जुवा खेलीरहेको अबस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।शुक्रबार ईलाका प्रहरी कार्यालय लम्की बाट खटिएको प्रहरी टोलीले चुहानगरपालिका–१ स्थित बषपार्कमा रहेको दिपावली होटल एण्ड लजबाट तास खेलिरहेको अबस्थामा ८ जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुको साथबाट ८१ हजार र तासको गड्डी समेत बरामद गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।