• २०८३ भाद्र २१ गते आइतवार

खोटाङ प्रशासनद्धारा हाटबजार बन्द गर्ने तयारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, खोटाङ । जिल्ला प्रशासन कार्यलय खोटाङले जिल्ला भित्रका विभिन्न स्थानियतहहरुमा लाग्ने हाटबजार बन्द गर्ने निर्णय गरेको छ ।लकडाउन खुला भएपछिको अवस्थामा हाटबजारमा मानिसहरुको भिडभाड हुँदा कोरोना भाइरस कोभिड १९ को जोखिम बढेको भन्दै कोेभिडसंकट व्यावस्थापन समितिको शुक्रबार बसेको बैठकको निर्णयअनुसार प्रशासनले हाटबजारहरु बन्द गर्ने निर्णय गरेको हो ।


लकडाउनको अवधिमा बन्द रहेका हाटबजारहरु लकडाउन खुलेपछि धमाधम लाग्न थालेका छन्।जिल्लाको दिक्तेल, बाक्सिला, बुइपा, हलेसी,अर्खौले, ऐसेलुखर्क, सिमपानी, चिसापानी,खोटाङबजार,मात्तिम, पञ्चमीलगायतका ठाउहरुमा साप्ताहिक हाट बजार लाग्दै आएका छन् ।कोभिड १९ बाट बच्न फुटेर हैन जुटेर लाग्न जरुरी रहेको कुरा दर्शाउँदै कोही कसैलेपनि हेलचक््रयाँइ नगर्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका संयोजक एबं प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

सुरक्षाका मापदण्ड पालना नगरी हिँडडुल गरेको वा अनावश्यक भिडभाड गरेको पाइएमा नियन्त्रणमा लिएर संक्रमण रोग ऐन २०२० अनुशार कारबाही गर्ने व्यवस्था रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस