• २०८२ जेष्ठ ३२ गते शनिवार

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३१, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै कूल संक्रमितको संख्या १७ हजार १७७ रहेको छ ।

स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा जनाए अनसार काठमाडौंका ७ सहित थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको कूल संख्या ११ हजार २५ पुगेको छ। हालसम्म संक्रमितमध्ये ६४.२ प्रतिशत निको भएका छन् । कोरोना संक्रमणबाट हालसम्म ३९ जनाको मृ’त्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस