असार ३१.दैलेख । दैलेखमा कोरोना पोजेटिभ बिरामिका लागि आईशोलेशन अस्पताल संचालमा आएको छ । कर्णाली प्रदेश सभाका सदस्य अम्मरबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकम खर्च गरि ५० शैयाको अस्पताल निर्माण गरिएको हो । प्रिफेव हाउसहरु २१ दिनमै जेसिका निर्माण सेवाले तयार परेको हो ।

दैलेखमा कोरोना पोजेटिभहरुको संख्या ८ सय ४३ पुगेको छ । जम्मा ५० जना जिल्लाका विभिन्न आईसोलेशनमा उपचार रत छन भने ५ जना बिरामिलाई आज आईसोलेशन अस्पतालमा उपचारका लागि राखिएको छ । यश भन्दा अगि सबै बिरामिहरु विद्यालयमा नर्माणा गरियका आईसोलेशनमा राखिएको थियो । २१ दिनमै ५० शैयाको अस्पताल निर्माण भएपछि अब थपिने बिरामिहरु यहि अस्तालबाट उपचार गरिने छ ।