• २०८३ जेष्ठ १ गते शुक्रवार

श्री सप्तश्री र लिटिल एन्जल माध्यमिक बिधालय १२ औ बार्षिक उत्सव शनिबार सम्पन्न

राम बिश्वकर्मा पढ्न लाग्ने समय : १ मिनेट

फागुन ३, कैलाली । कैलालीको घोडाघोडी नगरपालिका १ सुखडकै अग्रणी सस्थापक शैक्षिक संस्था श्री सप्तश्री र लिटिल एन्जल माध्यमिक बिधालय १२ औ बार्षिक उत्सव विभिन्न कार्यक्रम गरि शनीबार सम्पन्न भएको छ ।
बिधालयका सस्थापक सुसिला थापाको को अध्यक्षता संगै सुरु भएको कार्यक्रम को प्रमुख अतिथि सुदुर पश्चिम प्रदेश सभा सदस्य अम्मर बहादुर साँउद रहनुभएको थियो।


त्यस्तै विशिष्ट अतिथीमा घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उमेशराज रेग्मी रहनुभएको थियो।
त्यस्तै अतिथिमा वडा न १ का वडाध्यक्ष तथा घोडाघोडी नगरपालिका प्रवक्ता मनराज शाही , ईलाका प्रहरी कार्यलय प्रमुख हरिश्ररण भट्ट लगायतको उपस्थित रहेको थियो।

कार्यक्रम मा विभिन्न सांस्कृतिक कार्यक्रम लगायत विभिन्न बिधामा उतकृष्ट बिधार्थीलाई पुरुस्कार बितरण गरिएको थियो ।

कक्षा १० मा अध्यनरत सुरभि ढकालको स्वागत मन्तव्य सगै सरु भएको कार्यक्रम संञ्चालन भने शिक्षक विशाल बिष्ट र कक्षा १० अध्यनरत बिद्यार्थी गोमा बोहोरा गर्नु भएको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस