• २०८३ भाद्र २ गते मङ्गलवार

युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना सरकारले गर्नुपर्ने : नायिका रेखा थापा

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फाल्गुन ३, दाङ । मिडिया नेपाल दाङ शाखाको आयोजनामा शनिबार चर्चित नायिका रेखा थापा संग साक्षात्कार कार्यक्रम गरिएको छ । चर्चित नायिका तथा निर्देशक रेखा थापाले कार्यक्रममा बोल्दै अहिलेको सरकारले अझै पनि आम जनस्थरमा खुशी ल्याउन नसकेको आरोप लगाएकी छिन । थापाले आफु बिकट गाउ बस्तीहरुमा पुगेको र त्यहाँका समस्या जस का तस रहेको बताएकी छिन ।

बैदेशीक रोजगारबाट युवा बर्गले पठाएको रेमिटान्सले देश चलाउनु परेको अवस्थाको खण्डन गदै थापाले युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना गरी आफनै देश भित्र केही गर्न सक्ने वातावरण समेत सरकारले नगरेको आरोप लगाएकी छिन ।

थापाले हालै बिवादमा परेको एमसिसिका बिषयमा एमसिसि पास गर्न नहुने समेत तर्क ब्यक्त गरेकी छिन । क्राउन रेष्टुरेन्ट तुलसीपुरमा आयोजना गरिएको शाक्षात्कार कार्यक्रममा मिडिया नेपाल दाङका शाखा अध्यक्ष तेज वलीको अध्क्षयता गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी आशिष के।शीले गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस