• २०८३ जेष्ठ २८ गते बिहिवार

बालाजु डिएसपी राठौरको एक्सन, ६ लाख नगदसहित १६ जना जुवाडे पक्राउ

सागर थापा पढ्न लाग्ने समय : १ मिनेट

फागुन २, काठमाडौँ  । बालाजु  प्रहरीले ६ लाख २५ हजार नगदसहित १६ जुवाडेहरुलाई पक्राउ गरेको छ । काठमाडौं महानगरीय प्रहरी वृत्त बालाजुका प्रहरी प्रमुख डिएसपी रञ्जितसिंह राठौर नेतृत्वको प्रहरी टोलीले तारकेश्वर नगरपालिका ९ शुभकामना चोकमा घर भाडा लिएर बस्ने दिनेश पन्तको कोठामा जुवा खेल्नेहरु १६ जनालाई शुक्रबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शङ्कर डङ्गोल, मोहन खड्का, देवरत्न श्रेष्ठ, रोशन ठकुरी, रामशरण खत्री, पदम अधिकारी, इन्द्रराज विडारी, दिनेशराज कुँवर, बुद्धीबहादुर गुरुङ, राजु गुरुङ र अनुप गुरुङ छन् । देवेन्द्र केसी, श्यामसुन्दर नगरकोटी, विमल मगर, दिनेश पन्त र शिवजी शिवाकोटीलाई नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ठूलो रकम कारोवार गर्नेगरी जुवातास खेलेकाले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेकासँग नगद पनि नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस