• २०८३ जेष्ठ ९ गते शनिवार

सुनवलमा सामुदायिक सिकाई केन्द्रले प्रभातफेरी गरी राष्ट्रिय योग दिवस २०७६ कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समय : ३ मिनेट
  • विमल भट्टराई/इन्दिरा विश्वकर्मा

माघ १, सुनवल । मकर संक्रान्ति तथा सूर्य उत्तरायण सुरुवातको पावन अवसरमा जीवन विज्ञान योग जीवन प्रयोगशाला सुनवल सामुदायिक सिकाई केन्द्रले प्रभातफेरी गरी राष्ट्रिय योग दिवस २०७६ मनाएको छ ।

हरेक जुन २१ मा अन्तराष्ट्रिय योग दिवश मनाउने गरिन्छ भने नेपालमा वि.स.२०३६ देखि जनस्तरमा राष्ट्रिय योग दिवश मनाईदैै आएकोमा मन्त्रिपरिषदको २०७२ साउन २८ को निर्णय अनुसार माघे सङक्रान्तिको दिन माघ १ गते राष्टिय योग दिवस मनाउन थालिएको हो । सोही अनुरुप आज बुधबार जीवन विज्ञान योग जीवन प्रयोगशाला सुनवल सामुदायिक सिकाई केन्द्रले प्रभातफेरी गरी राष्ट्रिय योग दिवस २०७६ मनाएको हो ।

“राष्ट्रिय एकता : योगको सान्दर्भिकता” , “योग गरौं स्वस्थ रहौं, जिवन विज्ञान जाउँ निरोगी बनौं , “राष्ट्रिय योग दिवश सफल पारौँ” भन्ने प्लेकार्ड सहित सुनवल सामुदायिक सिकाई केन्द्रको भवनदेखि सुरु भएको प्रभातफेरी सुनवलचोकमा पुगी कोणसभामा परिणत भएको थियो ।


प्रभातफेरीलाई संबोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी सुनवल नगरपालिका का उपप्रमुख दधिराम अर्यालले मानव स्वास्थ्यको लागी योग अति आवश्यक रहेको बताउदै सम्पुर्ण नगरबासीको योगमय जीवनका लागि नगरपालिकाले योगहल बनाई सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । साथै साधकको सुविधाको लागी मौसम अनुकुलको फिल्टर उपलब्ध गराउने समेत बताउनुभएको थियो ।

यस्तै नेपाल योग तथा खेलकुद विकास समिति रुपन्देही का जिल्ला अध्यक्ष तथा आरोग्य चिकित्सक डा. खेमराज पन्तले योगिक र सान्सारिक मानवीय जीवन बीचमा फरक जीवनशैलीको बारेमा प्रस्टाउदै अक्सिजन नै जिवन भएकाले मनुष्यका लागी योग अत्यन्तै जरुरी भएको बताउनुभएको छ । मानव शरीरमा अक्सिजन कम भई कार्वनको मात्रा बृद्धि हुदा शरीरमा नकारात्मक उर्जा , आलस्य ,निद्रा ,तन्दा हावी हुने र अस्वस्थ जीवनशैली ब्यतित गर्न बाध्य हुने उहाले बताउनुभयो । निरन्तर योग अभ्यासले अस्वस्थ जीवनशैलीको प्रभाव कम गर्ने मात्र नभई आफु भित्रको दिव्य प्रकाश अनुभुती भई जीवन आनन्दमयी हुने बताउनुभयो ।

जीवन विज्ञानका शिक्षक हरि पोखरेलले राष्टिय योग दिवश र योगको महत्वमाथी प्रकाश पार्नुभएको थियो । शरीरलाई क्रियाशिल बनाउने विधि ब्यायाम, मनलाई शान्त राख्ने विधि प्राणायामद्वारा र श्वासलाई बर्तमानमा जोडेर भावना शुन्य बनाउदा सात्युक र सतविचार जागृत गराउने विधि धारणा नै योग भएको शिक्षक पोखरेलले बताउनुभयो । ब्यायामको माध्यमबाट शरीरलाई क्रियाशिल बनाउने, प्राणायाम मनलाई शान्त राख्ने र ध्यानबाट श्वासलाई वर्तमानमा जोडेर भावना शून्य बनाउने र सात्विक ,सतविचार जागृत गराउने ध्यान ,यिनै तीन कुराको निरन्तर अभ्यास नै योग रहेको बताए ।

कार्यक्रममा जीवन विज्ञान योग जीवन प्रयोगशाला सुनवल सामुदायिक केन्द्रका संयोजक उमानाथ पोखरेल, जीवन विज्ञान रुपन्देहीका शिक्षक शोभा घिमिरे, नेपाल नगरपालिका कर्मचारी एसोसियन केन्द्रिय उपाध्यक्ष रेशम शर्मा, खानेपानि तथा सरसफाई महासंघ प्रदेश नं ५ का संयोजक थान प्रसाद गैरे, केन्द्रका सम्पुर्ण पदाधिकारी, पत्रकार, स्थानिय बृद्धिजिवी, समाजसेवी लगायतको उपस्थिती रहेको थियो ।

जीवन विज्ञान योग जीवन प्रयोगशाला सुनवल सामुदायिक केन्द्रका अध्यक्ष भविश्वर पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सचिव कृष्ण बहादुर के.सी.ले गर्नुभएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस